माओवादी केन्द्रसँग निर्वाचनपछि एकता हुन्छ : झलनाथ खनाल

काठमाडौं : एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले समाजवादी र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताउनुभएको छ ।
सोमबार पाल्पामा भएको एक कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले तत्काल कार्यगत एकता गरेर निर्वाचनमा जाने र निर्वाचनलगत्तै पार्टी एकता हुने जानकारी दिए।
नीति, सिद्धान्त र विचारका हिसाबले माओवादी केन्द्र र एकीकृत समाजवादीको सम्बन्ध निकटतम रहेकाले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुन लागेको नेता खनालले स्पष्ट पारे।
मंसिरमा हुने निर्वाचनमा गठबन्धनका तर्फबाट सिट बाँडफाँटका लागि कार्यदल बनेको स्मरण गर्दै उनले केही दिनमा त्यसले निचोड दिने बताए। उनले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने स्पष्ट पारे।
भदौ ६, २०७९ सोमबार २१:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।