पुल परीक्षण गर्न ३६ घण्टा !

फाइल तस्वीर
कालीकाेट : पुल परीक्षणका लागि कर्णाली राजमार्ग ३६ घण्टा अवरुद्ध हुने भएको छ।
दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुल र कालीकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुलको भार क्षमता जाँचका लागि राजमार्ग ३६ घण्टा अवरुद्ध हुन लागको हो।
भार क्षमता जाँचका लागि राजमार्ग मंगलबार बिहान ६ बजेदेखि अवरुद्ध हुनेछ।
पुल परीक्षणबारे कालीकोट, सुर्खेत, जुम्ला र मुगुका जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिइएको छ।
भदौ ६, २०७९ सोमबार १९:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।