विप्लव नेतृत्वको नेकपासँग भएको सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाँण

काठमाडौं : सरकारले तत्कालीन राजनीनिक शक्तिहरूसँग भएको सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको जनाएको छ।
सोमबार पत्रकार सम्मेलन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले नेचत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सिके राउत नेतृत्वको तत्कालीन मधेश गठबन्धनसँगको सहमति कार्यान्वय गर्न प्रतिबद्ध रहेको बताए।
सरकारले २०७७ फागुन २० गते तत्कालीन नेकपासँग सहमति गरेको थियो। सहमतिमा पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका कैदीहरूलाई रिहा गर्ने र पार्टीका कार्यकर्ताहरूमाथि लागेका मुद्दाहरू खारेज गरिने उल्लेख थियो।
यस्तै, कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अदालतमा रहेका मुद्दाहरू खारेजीका लागि केही समय लाग्ने भएकाले पनि समय लागेको बताए। नेकपाका नेता तथा कार्यकर्तामाथि लागेका ६ सयमध्ये ५ सय मुद्दा फर्स्यौट भइसकेको उनको भनाइ छ।
भदौ ६, २०७९ सोमबार १८:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।