कार्यदल बैठक निष्कर्षविहीन, पत्रकारलाई कार्कीले भने, ‘अलिक दिन तपाईंहरू पनि आउँदै गर्नुस् न!

काठमाडौं : अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनको सिट बाँडफाँट बाँडफाँट कार्यदलको बैठकले भोलि (मंगलबार) पुनः बैठक बस्ने निर्णय गरेको छ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले छलफल गर्दैै जाने र मंगलबार दिउँसो ३ बजे बैठक बस्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
‘बैठक निष्कर्षको नजिक पुगेको छ,’ उनले भने, ‘भोलि दिउँसो ३ बजे पुनः बैठक बस्नेछ।’
बैठक निष्कर्षमा पुग्न केही समय लाग्ने कार्कीले संकेत गरे। सञ्चारकर्मीले सोधेको ‘कतिवटा बैठकपछि अन्तिम निर्णय आउँछ ?’ भन्ने प्रश्नको जवाफमा कार्कीले भने, ‘अलिक दिन तपाईंहरू पनि आउँदै गर्नुस् न!’
बैठकमा सिट बाँडफाँट र त्यसपछिको अवस्थाको बारेमा छलफल भएको उनले बताए।
भदौ ६, २०७९ सोमबार १७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।