कुलोको विवादले लियो ज्यान, दुई जना पक्राउ

कपिलवस्तु : जिल्लामा कुटपिट गरी हत्या गरको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
महाराजगंज नगरपालिका-२ पडरीया बस्ने ६८ वर्षीय अब्दुल जब्बार धुनियाको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले सोमबार दिउँसो दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ६३ वर्षीय अब्दुल हक मुसलमान र उनकै २० वर्षीय छोरा सम्साद मुसलमान रहेका छन्।
सोही ठाउँस्थित सिचाई गर्ने कुलोको विषयमा उनीहरूले अब्दुल जब्बार धुनिया र सोही ठाउँ बस्ने ३८ वर्षीय अब्दुल रहमानलाई कुटपिट गर्दा गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते भएका धुनियाको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। घाइते रहमानको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
भदौ ६, २०७९ सोमबार १७:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।