केन्या जाने राष्ट्रिय क्रिकेट टोलीको विदाइ

केन्या जाने राष्ट्रिय क्रिकेट टोलीको विदाइ

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको छ।

सोमबार क्यानले एक कार्यक्रम गर्दै टोलीलाई विदाइ गरेको हो । केन्या भ्रमणमा नेपालले पाँच टी–२० आई र तीन एकदिवशीय खेल खेल्नेछ ।

सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडीसहित २१ जनाको टोली केन्या जाने छ । नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले यही भ्रमणबाट जिम्मेवारीको श्रीगणेश गदैछन्।

विदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह, क्यानका कार्यकारी सदस्य दुर्गाराज पाठक, महाप्रबन्धक ब्रिटेन्ट खनाललगायतको उपस्थिति रहेको थियो।

भदौ ६, २०७९ सोमबार १६:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।