तीनकुनेमा नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यालय स्थापना

काठमाडौं : डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले तीनकुनेमा केन्द्रीय कार्यालय स्थापना गरेको छ।
पार्टी अध्यक्ष भट्टराईले सोमबार पार्टीको केन्द्रीय कार्यालय सुविधानगर, नीनकुनेमा स्थापना गरिएको जानकारी गराएका हुन्।
समावेशीता, संघीयता, सुशासन, समृद्धि र समाजवादको प्रतिबद्धतासहित गत साउन २१ गते पार्टीको पुनर्गठन भएको थियो।
पुनर्गठित पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव छन्।
भदौ ६, २०७९ सोमबार १६:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।