मौन अवधि घटाएर २४ घण्टा बनाउन आयोगलाई एमालेको सुझाव, ३७ बुँदामा संशाेधन गर्न आग्रह

मौन अवधि घटाएर २४ घण्टा बनाउन आयोगलाई एमालेको सुझाव, ३७ बुँदामा संशाेधन गर्न आग्रह

काठमाडौं : एमालेले निर्वाचनको मौन अवधि २४ घण्टा कायम गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ।

आयोगले प्रस्तावित गरेको निर्वाचन आचारसंहिता २०७९ मा सुझाव दिँदै एमालेले यसअघि ४८ घण्टा रहेको मौन अवधिलाई छोट्याएर २४ घण्टा बनाउन सुझाव दिएको हो।

एमालेले आयोगको प्रस्तावित आचारसंहितामा ३७ बुँदामा दफावार संशोधनका लागि सुझाव दिएको छ। उसले पालना गर्नसकिने विषयलाई मात्र आचारसंहितामा उल्लेख गर्न आग्रह गरेको छ।

एमालेले उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा पच्चीस जनाभन्दा बढीको जुलुस लान नपाइने व्यवस्था हटाउनुपर्ने, जुलुस, आमसभा, कोणसभा, बैठक, भेलाको अनुमति नभइ जानकारी गराउनुपर्ने व्यवस्था राख्न सुझाव दिएको छ।

यस्तै, सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले समाचार, विचार प्रवाहमा समानुपातिक र सन्तुलित हुनुपर्ने, जिल्ला आचारसंहिता अनुगमन समितिको संयोजकका मुख्य निर्वाचन अधिकृत राख्नुपर्ने, डिजिटल, अनलाइन, छापा, श्रव्यदृश्य सञ्चारमाध्यमको सुक्ष्म अनुगमन गर्न विशेष इकाई गठन गर्न आग्रह गरेको छ।

भदौ ६, २०७९ सोमबार १६:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।