कोरोनाबाट थप एक जनाको मृत्यु, ६ सय ५८ नयाँ संक्रमित थपिए

कोरोनाबाट थप एक जनाको मृत्यु, ६ सय ५८ नयाँ संक्रमित थपिए

काठमाडौं : कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअुनसार पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ९३ पुगेको छ।

यस्तै, सोही समयमा ६ हजार ६ सय ४३ जनामा गरिएको परीक्षणमा ६ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै देशभर ९ लाख ९५ हजार ६ सय ४६ जनाको पीसीआर र १ लाख ४९ हजार २ सय ९४ जनाको एज्टीजेन परीक्षणमा संक्रमित देखिएका छन्।

पछिल्लो २४ घण्टामा ४ सय ५६ जना संक्रमणमुक्त भएसँगै देशभर अहिलेसम्म ९ लाख ७९ हजार ३ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन्।

सोही समयमा ३८ हजार १५ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

भदौ ६, २०७९ सोमबार १५:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।