शेयर बजारमा सामान्य गिरावट, हिमाल दोलखा हाइड्रोपावरमा लगानी गर्नेको ताँती

शेयर बजारमा सामान्य गिरावट, हिमाल दोलखा हाइड्रोपावरमा लगानी गर्नेको ताँती

काठमाडौं : कारोबार हुने साताको दोस्रो दिन शेयर बजारमा सामान्य गिरावट आएको छ।

सोमबार बजार परिसूचक नेप्से ७.४१ अंकले घटेर २०५३.१३ विन्दुमा झर्दा ठूला कम्पनीहरूको परिसूचक सेन्सेटिभ १.४७ अंकले घटेर ३९७.११ विन्दुमा छ।

बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। आइतबार २ अर्बको कारोबार भएको बजारमा यसदिन १ अर्ब ७२ करोड ६२ लाखको कारोबार भयो।

१३ उपसूचकमध्ये म्युचल फन्डबाहेक अन्य सबै समूह राताम्मे भएका छन्। म्युचल फन्डमा झिनो सुधार छ। सबैभन्दा बढी निर्जीवन बीमा समूह ४७ अंकले घटेको छ।

सोमबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीमा लगानीकर्ता बेस्सरी झुम्मिए। यसदिन यस कम्पनीको मात्र २८ करोडको कारोबार भएको छ। उसलाई पछ्याएको रिदी हाइड्रोपावरमा ८ करोडको मात्र कारोबार छ।

यसदिन माथिल्लो हेवाखोला जलविद्युत् र मन्दाकिनी जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतले कमाए।

भदौ ६, २०७९ सोमबार १५:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।