सेप्टेम्बर ७ मा आइफोनको १४ औँ सिरिज आउने

काठमाडौँ : एप्पलले आउँदो सेप्टेम्बर ७ मा आईफोन १४ सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले आधिकारिक रूपमा आईफोन १४ सार्वजनिक गर्नेबारे मिति सार्वजनिक गरेको छैन। ब्लुमबर्गमा प्रकाशित समाचार अनुसार भने सेप्टेम्बर ७ पक्का मिति हो।
कम्पनीले म्याक, लो-इन्ड तथा हाई-इन्ड आईप्याड र तीन वटा एप्पल वाचको मोडल सार्वजनिक गर्ने अपेक्षा गरिएको समाचारमा उल्लेख छ।
सामान्यतया कम्पनीले आफ्नो उत्पादन सार्वजनिक गरेको एक हप्तापछि बिक्रीका लागि स्टोरमा उपलब्ध गराउने गरेको छ। कम्पनीले रिटेल स्टोरहरूलाई सेप्टेम्बर १६ मा आउने नयाँ प्रडक्टका लागि तयार रहन जानकारी गराएको दाबी गरिएको छ।
१४ औँ सिरिजमा कम्पनीले मोवाइलको फ्रन्टफेसमा धेरै परिवर्तन गर्ने समाचारमा दाबी गरिएको छ। उसले फ्रन्टफेसिङ क्यामराको कटआउटदेखि दुर्त गतीमा चल्ने चिप्स राख्ने समाचारमा उल्लेख गरिएको छ। क्यामराको क्षमतादेखि भिडियो रेकर्डिङको क्षमतासम्ममा सुधार गरेर नयाँ मोडल आउने समाचारमा उल्लेख छ।
भदौ ६, २०७९ सोमबार १५:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।