सवारी साधन नचल्ने ठाउँमा चार वटासम्म घोडा प्रयोग गर्न पाउने आयोगको प्रस्ताव

सवारी साधन नचल्ने ठाउँमा चार वटासम्म घोडा प्रयोग गर्न पाउने आयोगको प्रस्ताव

काठमाडौं : निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सवारी साधन नचल्ने ठाउँमा चारवटा सम्म घोडा प्रयोग गर्न सकिने प्रस्ताव गरेको छ।

सोमबार राजनीतिक दलहरूसँगको छलफलमा आयोगले कुनै पनि सवारी नचल्ने स्थानमा घोडा प्रयोगको प्रस्ताव गरेको हो।

प्रस्तावित आचारसंहितामा भनिएको छ, ‘निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यन्त्रिक शक्तिबाट हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सकिनेछ।’

यस्तै, आचारसंहितामा उम्मेदवारलाई विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोग गर्न नपाइने प्रस्ताव गरिएको छ। उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरि मतदाता ओसारपसार गर्न नपाइने विषय समेत प्रस्तावमा उल्लेख छ।

भदौ ६, २०७९ सोमबार १५:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।