संघीय संसदका दुवै सदनबाट गिरिको निधनप्रति शोक प्रस्ताव पारित

संघीय संसदका दुवै सदनबाट गिरिको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं : संघीय संसदका दुवै सदनबाट नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित भएको छ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको सोमबारको बैठकमा गिरिको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको हो।

प्रखर समाजवादी चिन्तकका रूपमा परिचित गिरिको ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा शनिबार राति निधन भएको थियो।

प्रतिनिधि सभाको अर्को बैठक मंगलबार १० बजे बाेलाउँदा राष्ट्रिय सभाको बैठक आगामी आइतबार १ बजेका लागि डाकिएको छ।

भदौ ६, २०७९ सोमबार १५:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।