निकुञ्जमा वृद्ध मृत फेला, गैँडाले आक्रमण गरेको हुनसक्ने अनुमान

निकुञ्जमा वृद्ध मृत फेला, गैँडाले आक्रमण गरेको हुनसक्ने अनुमान
साङ्केतिक तस्बिर

काठमाडौंः माडी नगरपालिका–३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन्। ७५ वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन्।

आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो। शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट उनको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

वडा नं ३ बोटेसिमाराका उनलाई डुल्ने क्रममा गैँडाले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ।

भदौ ६, २०७९ सोमबार ११:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।