सोमबार प्रतितोला दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार प्रतितोला दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य ९४ हजार ८०० कायम भएको छ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ कम भएको छ। आज चाँदी तोलामा एक हजार १६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

भदौ ६, २०७९ सोमबार ११:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।