निर्वाचन तयारी र आचारसंहिताबारे छलफल गर्न आयोगले बोलायो राजनीतिक दललाई

काठमाडौंः निर्वाचन आयोगले १२ वटा राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ। हाल प्रतिनिधि सभा तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ दललाई छलफलमा बोलाइएको हो।
छलफल बिहान साढे ११ बजेबाट आयोगको कार्यालय कान्तिपथमा हुनेछ। मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको तयारी र आचारसंहिताबारे छलफल गर्न बोलाइएको आयोगले जनाएको छ।
यसअघि आयोगले निर्वाचन आचारसंहिताको प्रारम्भिक खाका राजनीतिक दलहरूलाई दिइसकेको छ। त्यसमा केही आवश्यक सुझाव भए समेटेर पास गर्न छलफल राखिएको आयोगले जनाएको छ।
यस्तै निर्वाचन आयोगले चुनाव सम्पन्न गराउन अनुमानित १० अर्ब बजेट लाग्ने भन्दै अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइसकेको छ।
भदौ ६, २०७९ सोमबार १०:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।