मापसे गरेर मोटरसाइकल चलाउँदा तीनकुनेको बागमती पुलनजिकै दुर्घटना, झापाका आकाश गम्भीर घाइते

मापसे गरेर मोटरसाइकल चलाउँदा तीनकुनेको बागमती पुलनजिकै दुर्घटना, झापाका आकाश गम्भीर घाइते

काठमाडौंः आइतबार राति काठमाडौंको तीनकुनेस्थित बाग्मती पुलनजिकै मोटरसाइकल पल्टिँदा चालक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा भक्तपुरको गठ्ठाघर बस्ने झापा दमक- १ का ३१ वर्षीय आकाश कोइराला रहेका छन्।

घाइतेलाई उपचारको लागि महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ।

गए राति ९ बजे नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको बा६६प ३८३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो। चालकले मदिरा पिएर मोटरसाइकल चलाएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ।

भदौ ६, २०७९ सोमबार ०८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।