सिरहाको कल्याणपुर नगरपालिकाले प्रदीप गिरीको निधनमा आज दियो शोक बिदा

काठमाडौंः सिरहाको कल्याणपुर नगरपालिकाले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनमा आज शोक बिदा दिएको छ। कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुरञ्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ।
लहान नगरपालिका–१४ निवासी गिरीको निधनमा लहानले आइतबार सार्वजनिक बिदा दिएको थियो।
गत शनिबार राति साढे ९ बजे नेता गिरीको निधन भएको थियो। उनको हिजो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो।
भदौ ६, २०७९ सोमबार ०८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।