निहारिकाले तोडिन् अनशन, सरकारसँग तीन बुँदे सहमति

निहारिकाले तोडिन् अनशन, सरकारसँग तीन बुँदे सहमति
फाइल तस्बिर

काठमाडौंः आफ्नो बच्चाको ‘डीएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुतले अनशन तोडेकी छिन्। गए राति निहारिका र सरकारबीचमा तीन बुँदे सहमति भएसँगै उनले अनशन तोडेकी हुन्।

कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र निहारिकाबीच आइतबार राति तीन बुँदे सहमति भएको हो। निहारिका विगत १७ दिनदेखि अनशन बसेकी थिइन्।

सहमतिअनुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्नेछन्।

यस्तै, डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने सहमति भएको छ।

भदौ ६, २०७९ सोमबार ०७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।