फ्रेन्च लिग वान फुटबलमा पीएसजी ७-१ ले विजयी, एम्बापेको ह्याट्रिक

काठमाडौंः फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ७-१ गोलअन्तरले विजयी भएको छ। गए राति सम्पन्न खेलमा पीएसजीले लिललाई ७-१ गोलले हराएको हो।
पीएसजीका लागि फ्रान्सका स्टार खेलाडी केलियन एम्बापे नायक साबित भए। उनले खेल सुरु भएको ८ सेकेण्डै गोल गरे। लियोनल मेस्सीको पासमा एम्बापेले गोल गरेका हुन्। अनि खेलभरमा अरू दुई गोल गरेर ह्याट्रिक गरे।
एम्बापेले ६६औं मिनेटमा र ८७औं मिनेटमा गोल गरेका हुन्।
ब्राजिलियन स्टार नेयमारले दुई गोल गरे। उनले खेलको ४३ र ५२औं मिनेटमा गोल गरे। अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीले २७औं मिनेटमा एक र ३९औं मिनेटमा आच्रफ हाकिमीले एक गोल गरे।
लिलका लागि जोनाथन बाम्बाले खेलको ५४औं मिनेटमा एक गोल गरे।
लिग वानमा पीएसजीको यो लगातार तेस्रो जित हो। हाल अंकतालिकामा पीएसजी ३ खेलमा ९ अंकसहित शीर्ष स्थानमा छ।
लिल ४ अंकसहित १२औं स्थानमा छ।
भदौ ६, २०७९ सोमबार ०७:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।