गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित छ।
यतिबेला गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। देशका अन्य प्रदेशमा आंशिक बदली रहेको छ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भदौ ६, २०७९ सोमबार ०७:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।