गिरिको शवयात्राबाट फर्किएर नेपालले निकाले शोक वक्तव्य

गिरिको शवयात्राबाट फर्किएर नेपालले निकाले शोक वक्तव्य

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका दिवंगत नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको शवयात्राबाट फकिएर शोक वक्तव्य निकालेका छन्।

आइतबार अबेर राति सार्वजनिक वक्तव्यमा नेपालले नेपालको समकालीन राजनीतिमा सादगी, चिन्तनशील र अध्ययनशील नेता गिरिको निधनले नेपाली जनताले एक असल नेता गुमाएको बताए।

गिरिले आफ्नो जीवनमा समाजवादको गहिरो अध्ययन, अनुसन्धान, विश्लेषण र संश्लेषण गरेको भन्दै उनले राजनीतिक रूपमा नेपाली कांग्रेसमा आवद्ध रहे पनि जीवनभर मार्क्सवादी अध्ययन, चिन्तन–मननमा लागेको स्मरण गरे।

मार्क्सवादी आन्दोलनमा सकारात्मक धारणा राख्ने गरेको भन्दै अध्यक्ष नेपालले गिरिलाई मार्स्कवादको प्रशिक्षकसमेत भन्न भ्याए। मार्क्सवादीहरूले उनको विचार, व्यवहार र चिन्तनबाट प्रेरणा लिएको उनले बताए।

अध्यक्ष नेपालले गिरिप्रति श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा समवेदनन व्यक्त गरे।

भदौ ५, २०७९ आइतबार २२:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।