राउण्ड टेबल नेपालद्वारा मोरङमा २ करोडमा कक्षाकोठा निर्माण

राउण्ड टेबल नेपालद्वारा मोरङमा २ करोडमा कक्षाकोठा निर्माण

मोरङ । राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित सरस्वती सदन आधारभुत विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ।
राउण्ड टेबलले बहुवर्ष योजना अन्र्तगत २ करोड बढीको लगानी गर्दै निर्माण गरेको कक्षाकोठाको बिहीबार उद्घाटन गरिएको हो।

विराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले यूरोपस्थित राउण्ड टेबल यूरो ११ सँग सहकार्य गर्दै सो विद्यालयमा ४० लाखको लगानीमा ४ कोठे पक्की भवन थप गरेको हो। राउण्ड टेबल नेपालले सोही संस्थासँग सहकार्य गर्दै उक्त विद्यालयमा यसअघि नै १६ वटा कोठा निर्माण गरिसकेको थियो।

विराटनगर राउण्ड टेबल नेपालले सन् २००६ यता उक्त विद्यालयको अभिभावकत्व ग्रहण गरेको छ। अभिभावकत्व ग्रहण गरिए यता विद्यालयमा निरन्तर भौतिक संरचनाको निर्माण गर्दै आएको विराटनगर राउण्ड टेबल प्लाटिनम ११ का अध्यक्ष प्रणव तोदीले बताए।

थप गरिएको ४ कोठासँगै हालसम्म राउण्ड टेबल नेपालले उक्त विद्यालयमा २० वटा कोठको निर्माण सम्पन्न गरिसकेको छ। निर्माण गरिएको सोही कोठाहरूबाट विद्यालयको प्रशासनिक काम कारबाहीका साथै विद्यार्थीहरुको अध्ययन अध्यापन हुने गरेको छ।

भदौ ५, २०७९ आइतबार २०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।