राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन्।

संघीय संसदको दुवै सदनबाट पारित भई आएका ‘नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी हुन्।

राष्ट्रपतिले प्रमाणीकरण भएसँगै विधेयकले ऐनको रूपमा लागू हुनेछ।

भदौ ५, २०७९ आइतबार १८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।