थप २ सय ८६ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा थप २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
३ हजार ४ सय २३ जनामा गरिएको परीक्षणमा २ सय ८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ४ सय ७९ जना संक्रमणमुक्त हुँदा जम्मा ४ हजार ३ सय ४३ जनाले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन्।
यस अवधिमा कोरोनाकै कारण कसैको पनि मृत्यु भएको छैन । देशभर कोरोनाका ४ हजार ३ सय ४८ संक्रमित रहेको मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ।
भदौ ५, २०७९ आइतबार १७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।