प्रदीप गिरिको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, छाेरा सन्ताेषले दिए दागबत्ती

प्रदीप गिरिको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, छाेरा सन्ताेषले दिए दागबत्ती

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

पशुपति आर्यघाटमा दागबत्ती दिनुअघि नेपाल प्रहरीको एक टुकडीले गिरिलाई राष्ट्रिय सम्मान दिएको हो। गिरिलाई छोरा सन्तोष सिलवाल गिरिले दागबत्ती दिएका हुन्।

यसअघि पशुपति आर्यघाटमा कांग्रेस सभापति एवं प्रधानमनत्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धान्जली दिएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आर्यघाटमै पुगेर गिरिमाथि श्रद्धान्जली दिए।

त्यसअघि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा विभिन्न दलका नेता तथा शुभेच्छुकहरूले उनलाई श्रद्धान्जली दिएका थिए। सानेपा ल्याउनुअघि गिरिको शव ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पताल परिसरमा पनि श्रद्धान्जलीका लागि राखिएको थियो।

घाँटीको क्यान्सरबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे निधन भएको थियो। त्यसअघि उनले भारतमा गएर लामो समय क्यान्सरको उपचार गराएर आएका थिए।

भदौ ५, २०७९ आइतबार १७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।