पुण्य गौतमले आर्यघाटमा गिरिको चिताअघि भिडियो बनाएपछि मलामीको गाली खाए

काठमाडौँ : ब्रह्मनालका सबै कर्म सकेर कांग्रेस नेता प्रदिप गिरिको पार्थिव शरीरलाई चितामा राखिसकेपछि पुण्य गौतम अगाडि उभिएर मोबाइल झिके। उनले सेल्फीमोडमा भिडियो बनाउन थालेपछि मलामीहरूको गाली खाए।
श्रद्धाञ्जली लिएर झर्ने क्रममा उनी केही समय बिचमै रोकिए। केही बिर्सेजस्तो गर्दै खल्तीबाट मोबाइल निकाले र क्यामेरा अन गरे। गौतम पछाडि अन्तिम श्रद्धाञ्जली दिनेहरूको लाइन थियो, जो त्यही ब्रह्मनालमार्फत पुनः माथि घाटछेउको समथर स्थानमा उक्लनुपर्ने थियो।
गौतमले गर्दा श्रद्धाञ्जली दिने मानिसको जाम नै भएपछि गिरिलाई अन्तिम बिदाइ गर्न गएका मलामीहरूले होहल्ला गरे। उनीहरूले गौतमलाई त्यसो नगर्न आग्रह गर्दै बाटो छाड्न भने। तर, गौतम मान्नेवाला थिएनन् ।
त्यहीबिचमा उनले एउटा छोटो भिडियो बनाइछाडे। बोल्दै ब्रह्मनालमा झरेका उनले त्यहाँ पनि केही समय लिए धेरैले होहल्ला गरेपछि गौतमले मोबाइल बन्द गरेर खल्तीमा राखे अनि बागमतीको पानी सिरमा चढाउँदै नमस्कार गरे।
त्यहाँ आएका मलामी केहीले उनलाई गाली गरेका थिए।
भदौ ५, २०७९ आइतबार १७:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।