पशुपतिमा गिरिको अन्त्येष्टि, कांग्रेसको झण्डा ओढाएर सभापति देउवाले दिए अन्तिम श्रद्धान्जली

पशुपतिमा गिरिको अन्त्येष्टि, कांग्रेसको झण्डा ओढाएर सभापति देउवाले दिए अन्तिम श्रद्धान्जली

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको पार्थिक शरीरमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका छन्।

आइतबार पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जली दिन पुगेका देउवाले गिरिको पार्थिव शरीरमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएका हुन्। ब्रह्मनालको कर्म सकाएर अहिले उनको शरीरलाई चितामा राखिएको छ।

आर्यघाटमा उनको निधनमा शोक व्यक्त गर्दै १ मिनेटमो मौनधारणसमेत गरिएको छ। उनको पार्थिव शरीरमा छोरा सन्तोष सिलवाल गिरिले दागबत्ती दिनेछन्।

भदौ ५, २०७९ आइतबार १६:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।