आइएमई पे र दराजबीच सम्झौता, हरेक बुधबार १० प्रतिशत छुट पाइने

आइएमई पे र दराजबीच सम्झौता, हरेक बुधबार १० प्रतिशत छुट पाइने

काठमाडौं : मोबाइल भुक्तानी प्रदायक आइएमई पे र अनलाइन बजार दराजबीच ‘दराज वालेट डे’का लागि सम्झौता भएको छ।

सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउने व्यवस्था मिलाइएको आइएमई पेले जनाएको छ। प्रयोगकर्ताहरूले अधिकतम् ३ सय ५० रूपैयाँसम्मको रिडिम भाउचर पाउनेछन्।

यसअघि पनि आइएमई पेले दराजको भुक्तानी पार्टनर रहेर यस्ता अफरहरू सञ्चालन गर्दै आएको छ।

भदौ ५, २०७९ आइतबार १५:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।