पेटमा एक किलो सुन लिएर आउने एयरपाेर्टबाट पक्राउ, शौच गराएर निकालियो चारवटा पाेका

पेटमा एक किलो सुन लिएर आउने एयरपाेर्टबाट पक्राउ, शौच गराएर निकालियो चारवटा पाेका

काठमाडौं : प्रहरीले १ किलोग्राम सुनजस्तो देखिने अर्धठोस वस्तुसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

३१ वर्षीय राहुल रेमानानलाई शनिबार विहान त्रिभुवन अफ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका राहुललाई शंका लागि नियन्त्रणमा लिएको थियो।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका राहुललाई शंका लागि नियन्त्रणमा लिएको थियो।

नियन्त्रणपछि काठमाडौं मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएपछि प्रहरी वृत्त गौशालामा शौच गराउँदा मलद्वारबाट बेलनाकार सुनजस्तो देखिने अर्धठोस वस्तुको ४ वटा पोका फेला परेको थियो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

भदौ ५, २०७९ आइतबार १५:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।