सामान्य अंकले घट्यो शेयर बजार, रिदी हाइड्रोमा झुम्मिए लगानीकर्ता

काठमाडौं : कारोबार हुने साताको पहिलो दिन शेयर बजार सामान्य अंकले घटेको छ।
आइतबार नेप्से परिसूचक ७.७२ अंकले घटेर २०६०.५५ हुँदा ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १.४९ अंकले घटेर ३९८.५८ विन्दुमा आइपुगेको छ।
बजार घट्दा पनि कारोबार रकम भने २ अर्बको हाराहारीमा रहेको छ। यसदिन २१८ कम्पनीको ५३ लाख ३९ हजार ४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड ७० लाख बराबरको कारोबार भएको छ।
यस्तै, आइतबार १३ मध्ये चार उपसूचक मात्र बढ्दा अन्य राताम्मे भएका छन्। यसदिन व्यापार समूह ४१.१५, जीवन बीमा समूह ३७.०२, जलविद्युत् समूह २८.७८ अंकले घट्दा होटल तथा पर्यटन समूह २९.५६, उत्पादन तथा प्रशोधन समूह २२.७८ अंकले बढेका छन्।
यसदिन रिदी हाइड्रोपावर कम्पनीमा लगानीकर्ता झुम्मिएका छन्। यस कम्पनीको १२ करोड रूपैयाँकाे कारोबार हुँदा उसलाई पछ्याएको अपि हाइड्रोपावरमा १० करोडको मात्र कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएकाे छ।
भदौ ५, २०७९ आइतबार १५:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।