अन्त्येष्टिका लागि प्रदीप गिरिको पार्थिव शरीर पशुपति लगिँदै

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपतितर्फ अघि बढाइएको छ।
विहान साढे ११ बजेदेखि साढे २ बजेसम्म पार्टी कार्यालय, सानेपामा राखिएको गिरिको पार्थिव शरीरलाई पवित्र पाशुपति क्षेत्रतर्फ हिँडाइएको हो।
पार्टी कार्यालयमा राखिएको अन्तिम श्रद्धान्जलीमा उनलाई अन्तिम विदाई गर्न शुभचिन्तक, राजनीतिक दलका नेताहरू आएका थिए।
शनिबार राति साढे ९ बजे ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा अन्तिम श्वास फेरेका उनको शरीरलाई आइतबार विहान अस्पताल परिसरमै रहेको शिवालयमा श्रद्धान्जलीका लागि राखिएको थियो।
प्रखर समाजवादी चिन्तकको छवि बनाएका गिरिलाई कांग्रेस मात्र नभएर अधिकांश कम्युनिष्ट नेताले पनि आफ्ना गुरु मान्छन्।
भदौ ५, २०७९ आइतबार १५:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।