एकीकृत समाजवादी गठन गरेपछि दाइले ठिक बाटोमा छौ भन्नुभएको थियो : जगन्नाथ खतिवडा

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिले आफूहरू ठिक बाटोमा हिँडेको बताउनुभएको स्मरण गरेका छन्।
गिरिप्रति अन्तिम श्रद्धान्जली दिन कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका खतिवडाले आफूहरूले नयाँ पार्टी गठन गरेपछि गिरिले ठिक बाटोमा हिँडेको बताउनुभएको स्मरण गरे।
‘समाजवादी पार्टी निर्माणपछिको एकपटकको भेटमा दाइले तपाईंहरू ठिक बाटोमा हिँडेका छाै भन्नुभएकाे थियाे,’ उनले भने, ‘आफ्नो आदर्श र सिद्धान्त रक्षा गर्न सक्नुभयो भने अगाडि बढ्न सक्नुहुन्छ भन्नुहुन्थ्याे।’
गिरिलाई समाजवादी चिन्तकको भएको नेता भन्दै उनले गिरिलाई कांग्रेसका धेरै नेताहरूभन्दा फरक भएकोसमेत भन्न भ्याए। आदर्शको मानक निर्माण गरेपछि त्यसलाई पछ्याइरहनुपर्छ भन्नेमा गिरि दृढ उनले बताए।
‘उहाँ समाजवादी चिन्तक भएको नेता हुनुहुन्थ्यो,’ गिरिलाई समाजवादी चिन्तकको उपमा दिँदै उनले भने, ‘चिन्तक सबैका गुरु हुन्छन्।’
भदौ ५, २०७९ आइतबार १४:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।