प्रदीप गिरि सिद्धान्तमा अडिग भएर लोकतन्त्रको लागि निरन्तर संघर्षरत व्यक्ति : डा. भीम रावल

प्रदीप गिरि सिद्धान्तमा अडिग भएर लोकतन्त्रको लागि निरन्तर संघर्षरत व्यक्ति : डा. भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता डा. भीम रावलले नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई सिद्धान्तमा अडिग भएर लोकतन्त्रको लागि निरन्तर संघर्षरत व्यक्तिको रूपमा स्मरण गरेका छन्।

आइतबार नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा गिरिलाई अन्तिम श्रद्धान्जली दिन पुगेका एमाले नेता रावलले उनको जीवनबाट जनताको काम गर्न लाभको पद नचाहिने कुरा सिक्न सकिने बताए।

‘उहाँले राजनीतिमा लामो समयसम्म आबद्ध भएर पनि लाभको पदको लागि कहिल्यै पनि चासो दिनुभएकाे देखिएन,’ उनले भने, ‘देश र जनताको लागि काम गरिरहँदा कार्यकारी पद नभए पनि मानिस सम्मानित हुनसक्छ भन्ने कुरा उहाँको जीवनबाट सिक्न सकिन्छ।’

यस्तै नेता रावलले समाजवादउन्मुख प्रणालीप्रति इमान्दार भएर जनता र देशको हितलाई सर्वोपरी मान्दै अघि बढ्ने व्यक्तिका स्वार्थहरू राष्ट्रको स्वार्थको अधिनमा हुन्छन् भन्ने विषय पनि गिरिको जीवनबाट सिक्न सकिने बताए।

भदौ ५, २०७९ आइतबार १४:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।