सिक्लेस र पिपुल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सिक्लेस र पिपुल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौंः सिक्लेस हाइड्रोपावर लिमिटेड र पिपुल्स पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। सिक्लेसले आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्काशन गरेको हो भने पिपुल्स पावरले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

सिक्लेस आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमा कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीयहरूले आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले 'केयर एनपी डबल बी प्लस आईएस' रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

यस्तै पिपुल्स पावरले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको हो। जसमध्ये ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने एक लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको छ।

सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

केयर रेटिङ्ग नेपाले कम्पनीलाई 'केयर एनपी डबल बी इस्यूअर' रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औसत रहेको संकेत गर्दछ।

भदौ ५, २०७९ आइतबार १३:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।