केही महिनाअघि प्रदीप गिरीसँग समृद्धिको अभियान चलाउन गम्भीर चर्चा भएको थियो : प्रचण्ड

काठमाडौंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही महिनाअघि प्रदीप गिरीसँग समृद्धिको अभियान चलाउनेबारे गम्भीर चर्चा भएको बताएका छन्। श्रद्धाञ्जली दिन कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका प्रचण्डले गिरीको नेपाली राजनीतिमा अतुलनीय योगदान भएको स्मरण गर्दै यस्तो बताएका हुन्।
उनले भने, 'केही महिनाअगाडि हामी सँगै बसेर देशको राजनीतिलाई कसरी अगाडि बढाउँदा राष्ट्रको एकतालाई जनताको चाहनाअनुसार समृद्धिको अभियान चलाउन सकिएला भनेर चर्चा परिचर्चा गम्भीर ढंगले गरेको र उहाँले केही भिजनहरू दिएको मैले अहिले स्मरण गरिरहेको छु।'
यस्तै प्रचण्डले प्रदीप गिरीको अभाव धेरै समयसम्म खड्किरहने बताए। 'अब हामीले उहाँको योगदानबाट प्रेरणा लिने। र उहाँले समाजवादको निम्ती जे-जति चिन्तन गर्नुभयो त्यसबाट शिक्षा लिएर अगाडि बढ्नुको हामीसँग विकल्प छैन', उनले भने।
भदौ ५, २०७९ आइतबार १२:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।