सांसद प्रदीप गिरीको निधनका कारण आजको प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौंः आजको प्रतिनिधि सभा बैठक स्थगित भएको छ। आज बिहान ११ बजेका लागि तय गरिएको बैठक कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधन भएकाले स्थगित भएको हो।
बैठक भोलि सोमबार दिउँसो १ बजे बस्नेछ।
आज दिउँसो २ बजेपछि मात्र सांसद गिरीको अन्त्येष्टि हुने भएकाले शोक प्रस्ताव पारित नगरी बैठक स्थगित गरिएको हो। अब शोक प्रस्ताव भोलि पारित हुनेछ।
यस्तै सांसदहरू श्रद्धाञ्जली सभा तथा अन्त्येष्टिमा व्यस्त हुने भएकाले पनि आजको बैठक सारिएको हो। गिरीको शवलाई ११ बजेदेखि २ बजेसम्म श्रद्धाञ्जलीका लागि कांग्रेस पार्टी कार्यालय सानेपामा राखिनेछ।
भदौ ५, २०७९ आइतबार ११:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।