प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्री देउवाले न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने

प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्री देउवाले न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने

काठमाडौंः प्रतिनिधि सभाको बैठक आज बस्दै छ। आज बिहान ११ बजे प्रतिनिधि सभाको एघारौँ अधिवेशनको ५७औं बैठक बस्ने भएको हो।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेशन आव २०७७/०७८' पेश गर्नेछन्।

यस्तै आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९' प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव गर्नेछन्।

यस्तै उनले 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९' प्रस्तुत गर्ने प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।

भदौ ५, २०७९ आइतबार ०७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।