कांग्रेस नेता प्रदीप गिरिको निधन, आइतबार २ बजेसम्म श्रद्धान्जलीका लागि सानेपामा राखिने

कांग्रेस नेता प्रदीप गिरिको निधन, आइतबार २ बजेसम्म श्रद्धान्जलीका लागि सानेपामा राखिने

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधन भएको छ।

गिरिको ७५ वर्षको उमेरमा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ बजेर २९ मिनेटमा निधन भएको गिरिका स्वकीय सचिव कृष्ण खनालले उकेरालाई जानकारी दिए।

यसैबीच, नेपाली कांग्रेस संसदीय दलले उनको पार्थिव शरीरलाई आइतबार विहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा श्रद्धान्जलीका लागि राखिने जनाएको छ।

त्यसपछि, साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म पार्टी कार्यालय सानेपामा श्रद्धान्जलीको लागि राखिने सचेतक मीन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
श्रद्धान्जलीपछि पशुपति आर्यघाटमा गिरिको अन्त्येष्टि गरिनेछ।

घाँटीको क्यान्सरबाट पीडित गिरि भारतमा लामो समय उपचार गराएर स्वदेश फर्किएका थिए। तर, पुनः स्वास्थ्यमा समस्या देखिएपछि उनी विगत तीन सातादेखि मेडिसिटीमा उपचार गराइरहेका थिए।

भदौ ४, २०७९ शनिबार २२:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।