कांग्रेस संसदीय दलले भन्यो– ‘प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर’

कांग्रेस संसदीय दलले भन्यो– ‘प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर’

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ।

कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले शनिबार राति एक विज्ञप्ति जारी गरी ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेता गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका हुन्।

‘कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको उपचार खटिएका चिकित्सक र परिवारबाट जानकारी प्राप्त भएको छ’, संसदीय दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कांग्रेस संसदीय दलले नेता गिरिको स्वास्थ्य लाभको प्रार्थनासमेत गरेको छ।

भदौ ४, २०७९ शनिबार २१:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।