एमालेका नेताहरू एकीकृत समाजवादीबाट चुनाव लड्न सम्पर्क गरिरहेका छन् : अध्यक्ष नेपाल
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका नेताकार्यकताहरू एकीकृत समाजवादीबाट चुनाव लड्न सम्पर्क गरिरहेको खुलासा गरेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले आगामी निर्वाचनमा एमालेसँग तालमेल गरेर जाने कल्पना नै गर्न नसिकिने भन्दै एमालेका नेताकार्यकर्ताहरू एकीकृत समाजवादीबाट चुनाव लड्न सम्पर्क गरिरहेको बताए।
एकीकृत समाजवादीलाई देशद्रोहीको आरोप लगाउँदै आएको बताउँदै उक्त दलका नेताहरूसँग सकारात्मक कुराको प्रचारप्रसार नगर्न कार्यकर्तालाई आग्रह गरे।
‘अहिले पनि हामीलाई खबर आइरहेको छ, केपी ओलीसँग बस्न सकिँदैन भन्दै कतिपय मानिसहरूले आगामी चुनावमा एकीकृत समाजवादीबाट चुनाव लड्छौं भनिरहेका छन्,’ उनले भने, ‘त्यसो हुनाले एमालेसँग चुनावमा जाने कल्पना नै गर्न सकिँदैन ।’
नेपालले पार्टीमाथि जथाभावी आरोप लगाउनेहरूलाई जवाफ दिन सक्नुपर्ने बताए। एमालेले जनतामा भ्रम फैलाउने कोशिस गरिरहेका भन्दै उनले उक्त भ्रमलाई चिर्नुपर्ने बताए।
भदौ ४, २०७९ शनिबार २०:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।