फोहोर संकलन अभियानको छैटौं दिन ललितपुरमा युवा संघ

फोहोर संकलन अभियानको छैटौं दिन ललितपुरमा युवा संघ

काठमाडौं : एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले शनिबार ललितपुरको लगनखेल क्षेत्रको फोहर संकलन गरेको छ।

जिल्ला कमिटीको व्यवस्थापनमा संघले आयोजना गरेको अभियानअन्तर्गत पाँचौं दिन लगनखेल क्षेत्रको फोहर संकलन गरेको हो।

यससँगै, संघले ललितपुर जिल्लामा पनि सरसफाई अभियानको थालनी गरेको छ। फोहोर उठायन दवाव दिँदै संघले काठमाडौंका विभिन्न क्षेत्रमा थुप्रिएको फोहोर संकलन गर्दै आइरहेको छ।

संघले पहिलो दिन अर्थात् सोमबार नयाँ बानेश्वर तथा पुरानो बानेश्वर, दोस्रो दिन कालोपुल, तेस्रो दिन चाबहिल–गौशाला, चौथो दिन गोंगबु चोक र पाँचौं दिन शान्तिनगर क्षेत्रको फोहर उठाएको थियो।

फोहर संकलन कार्यक्रममा बोल्दै संघका अध्यक्ष किरण पौडेलले अभियानलाई निरन्तर सञ्चालन गर्ने जानकारी दिए।

भदौ ४, २०७९ शनिबार २०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।