बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न तीनै तहका सरकारलाई आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेट नतोकिएका नयाँ कार्यक्रमहरू सञ्चालन नगर्न तीनै तहका सरकारलाई निर्देशन दिएको छ।
शनिबार विज्ञप्ति निकालेर आयोगले अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारीका कार्यहरू भइरहेको अवस्थामा मतदाता तथा निर्वाचनको स्वच्छता र निश्पक्षतामा प्रभाव पार्ने बजेटमा नतोकिएका नयाँ योजनाहरू सञ्चालन नगर्न तीनै तहका सरकारलाई निर्देशन दिएको हो।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पदावधि सकिनै लाग्दा गरिने यस्ता गतिविधि मतदातलाई प्रभावमा पार्ने भन्दै आयोगले विपद् र महामारीको पूर्वतयारी तथा विपद् व्यवस्थापन र महामारीको सामना गर्न आवश्यक उपाय अवलम्बन गर्नेबाहेक कुनै पनि योजना सञ्चालन नगर्न नगराउन निर्देशन दिएको हो।
भदौ ४, २०७९ शनिबार १९:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।