घट्दै कोरोना संक्रमित : शनिबार २ सय ९९ जनामा संक्रमण, दुई जनाको मृत्यु

काठमाडौं : एक महिनादेखि उकालो लागेको कोरोना भाइरस संक्रमण शनिबार ओरालो लागेको छ।
शनिबार ४ हजार ३ सय ३७ जनामा गरिएको परीक्षणमा २ सय ९९ जनाम संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
याे संख्या शुक्रबार ६ सय २३ र बिहीबार ५ सय ४२ थियाे। मंगलबार र बुधबार क्रमश: ८ सय ४८ र ८ सय ५२ थियाे।
यसदिन ५ सय ७७ जना संक्रमणमुक्त हुँदा २ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।
देशभर कोरोनाका ४ हजार ६ सय २५ संक्रमित रहँदा १८ हजार ६ सय ७० डोज खोप पछिल्लो २४ घण्टामा दिइएको छ।
भदौ ४, २०७९ शनिबार १६:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।