माओवादीमा जनार्दन र वर्षमानलाई उछिन्दै देव गुरुङ महासचिवमा प्रस्ताव

काठमाडौँ : माओवादी केन्द्रमा हार्डलाइनर नेताका रूपमा परिचित देव गुरुङको नाम महासचिवमा प्रस्ताव भएको छ। वर्षमान पुन, जनार्दन शर्माजस्ता प्रभावशाली नेतालाई पन्छाउँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासचिवमा एकाएक गुरुङको नाम अगाडि बढाएका हुन्।
पार्टी कार्यालय, पेरिस डाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा गुरुङसहित पदाधिकारीको नाम सिफारिस भए पनि निर्णय भने भइसकेका छैन।
बैठकमा उनले पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरा, उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मातृका यादव र हरिबोल गजुरेलको नाम प्रस्ताव भएको छ।
सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीको नाम प्रस्ताव गरेका छन्। बैठक स्रोतका अनुसार कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव भएको छ।
भदौ ४, २०७९ शनिबार १६:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।