उपसभामुख भुसाललाई मातृशोक

काठमाडौं : उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ।
उनकी ९१ वर्षीय आमा शारदा गौतमको शनिबार बुढानीलकण्ठस्थित निवासमा निधन भएको हो।
गौतमको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
गौतम नेपाली राष्ट्रिय कांग्रेसका संस्थापक नेता वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी श्रीमती थिइन्।
भदौ ४, २०७९ शनिबार १४:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।