अटो रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर बाबु-छोराको मृत्यु

बाँकेः नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेको थियो। गम्भीर घाइते भएपछि उनीहरूको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारका लागि लगिएको थियो। तर उपचारको क्रममा मृत्यु भएको थियो।
शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ।
भदौ ४, २०७९ शनिबार ११:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।