तनहुँ १ बाटै उम्मेदवार बन्ने भएपछि रामचन्द्र पौडेलको राजनीतिक भेटघाट बढ्यो

तनहुँ १ बाटै उम्मेदवार बन्ने भएपछि रामचन्द्र पौडेलको राजनीतिक भेटघाट बढ्यो
फाइल तस्बिर

काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो राजनीतिक भेटघाट बढाएका छन्। तनहुँ १ बाटै प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका पौडेलले गृहजिल्ला तनहुँमा भेटघाट बढाएका हुन्।

आज शनिबार जिल्लाकै भानु नगरपालिका- १ भन्सारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनी सम्बोधन गर्न पुगेका छन्। त्यसक्रममा उनले विकासबाहेक आफ्नो अरू स्वार्थ नभएको बताए। नेता पौडेलले जिल्लाको विकास र समृद्धि नै आफ्नो लक्ष्य रहेको बताए।

उनले जिल्लाको विकास र समृद्धिबाट जनताको जीवनस्तर उकास्न राजनीति गरेको बताउँदै आफू क्रियाशील रहेको दावी गरे।

यस्तै उनले गठबन्धनको पनि बचाउ गरे। संविधानको रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले आगामी दिनमा पनि निरन्तरता पाउने बताए।

निर्वाचनको मिति तोकिएसँगै पौडेलले गृहजिल्लामा कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन्। आजै उनले भानु नगरपालिका–३ खहरे, भानु नगरपालिका–६ कटहरे, शेपाबगैंचा, भानु नगरपालिका–५ नारेश्वरटारलगायतका ठाउँमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ।

भदौ ४, २०७९ शनिबार ११:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।