तिलोत्तमामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार घाइते

तिलोत्तमामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार घाइते

रुपन्देहीः तिलोत्तमा नगरपालिका- १ शंकरनगर चोकमा गए राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोही दुर्घटनामा एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा स्कुटर चालक ओमसतिया गाउँपालिका- १ का ३० वर्षीय शंकर पुन रहेका छन्। गम्भीर घाइते भएका उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

घाइते भएका स्कुटरमा पछाडि सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु२१प ९५९४ नम्बरको स्कुटर गए राति २ बजे अनियन्त्रित भई पल्टिएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ।

भदौ ४, २०७९ शनिबार १०:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।