‘भीम दाइको ग्यारेज’ मा मर्मत गर्न राखेको बसमा अचानक आगलागी

साङ्केतिक तस्बिर
काठमाडौंः मर्मत गर्न भनी काठमाडौंको माछापोखरीस्थित एक ग्यारेजमा राखिएको बसमा अचानक आगलागी भएको छ। गएराति साढे १० बजे ‘भीम दाइको ग्यारेज’मा राखिएको ना५ख ९९६१ नम्बरको बसमा आगो लागेको हो।
राति नै दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बस जलेर पूर्णरूपमा क्षति भएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
भदौ ४, २०७९ शनिबार ०८:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।